राजसंस्था र हिन्दु राष्ट्रकाे माग गर्दै काठमाडौंमा ७२ घण्टे सत्याग्रह सुरु

बिएल

राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा ७२ घण्टे सत्याग्रह सुरु गरिएको छ ।

स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्ने मागसहित काठमाडौँको शान्तिवाटिकामा आइताबार बिहान ८ बजेबाट ७२ घण्टे सत्याग्रह सुरु गरेका हुन् ।

मुलुकको निकास र विकासका लागि ९५ प्रतिशत नागरिकहरु हिन्दु रहेको मुलुकमा हिन्दुराष्ट्र पुनःस्थापना र नेपालको निकास तथा विकासका लागि राजसंस्था कायम गर्न माग गर्दै सत्याग्रह सुरु गरिएको शिव सेना नेपालका केन्द्रीय सदस्य चीरणवीर प्रताप खड्काले जानकारी दिए ।

उनले भारत तथा चीन दुवै मुलुकबाट नेपालको सुरक्षा खतरा औँल्याउँदै सचेत रहन सरकारलाई दबाब दिन पनि सो सत्याग्रह सुरु गर्नु परेको बताए ।

प्रकाशित मिति: : 2019-11-17 12:51:24

प्रतिकृया दिनुहोस्