जर्मनी र नेदरल्याण्ड युरोकपमा छनोट

जर्मनी युरोकप फुटबलमा छनोट भएको छ।

आईतबार राति भएको खेलमा बेलारुसलाई ४–० गोल अन्तरले हराउँदै युरोकपमा छनोट भएको हो।

म्थायस गिन्टरले ४१ औ मिनेटमा जर्मनीलाई सुरुवाती अग्रता दिलाए।

लियोन गोत्र्यकाले ४९ औ मिनेटमा जर्मनीको अग्रता दोब्बर बनाएका थिए।

५५ औ मिनेटमा टोनी क्रुसले जर्मनीलाई ३–० ले अगाडी बढाए।

टोनी क्रुसले ८३ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ४–० को जित दिलाए।

समूह सीबाट १८ अंक सहित शीर्ष स्थानको जर्मनी युरोकपमा छनोट भयो। बेलारुस ४ अंक सहित तालिकाको चौथो स्थानमा रह्यो ।

नेदरल्याण्डलाई हराउन नसकेको नर्दन आयरल्याण्ड छनोटबाट बाहिरियो । डच टिम १६ अंक सहित दोस्रो स्थानमा रहँदै युरोकपमा छनोट हुने तय गर्यो ।

 

 

प्रकाशित मिति: : 2019-11-17 07:49:59

प्रतिकृया दिनुहोस्