बेल्जियमकाे सहज जित,हजार्ड बने नायक

तस्बिरः एजेन्सी

बेल्जियमले युरोकप छनोटमा सहज जित हात पारेको छ।

शनिबार राति भएको खेलमा बेल्जियमले रुसलाई ४–१ गोल अन्तरले हराएको छ। खेलको १९ औ मिनेटमा थोर्गान हजार्डले बेल्जियमलाई अग्रता दिलाए।

३३ औ मिनेटमाम ईडेन हजार्डले अग्रता दोब्बर पारे। उनैले ४० औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–० ले अघि बढाए।

७२ औ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई जित नजिक पुर्याएका थिए। ७८ औ मिनेटमा घरेलु टोली रुसका जोर्जिया जकियाले एक सान्त्वना गोल फर्काएका थिए।

शीर्ष स्थानको बेल्जियमको ९ खेलबाट २७ अंक रह्यो। दोस्रो स्थानको रुसको २१ अंक रह्यो ।बेल्जियम यसअघिनै युरोकपमा छनोट भईसकेको थियो।

बेल्जियमले छनोटको अन्तिम खेलमा साईप्रससंग खेल्नेछ। रुस समेत दोस्रो स्थानमा रहँदै युरोकपमा छनोट पक्का गरिसकेको छ।

 

प्रकाशित मिति: : 2019-11-17 07:39:53

प्रतिकृया दिनुहोस्