सूर्य अवार्डका नाममा 'मानव तस्करी' :आउँलान् त जापान मह जोडी ?

आउँलान् त जापान 'मह' जोडी ? एक प्रतिकात्मक तस्बिर ।

सूर्य इन्टरनेशनल अवार्डका नाममा ब्राण्डिङ गरेर मानव तस्करी धन्दा चलाइरहेको सूर्य कर्पोरेशनको पर्दाफास भएको छ । उसले भिसा कन्सल्टेन्सीका नाममा काठमाडोैंबाट जापान र जापानबाट अमेरिकासमेत मानिस पठाउने भन्दै मोटो रकम असुलेर मानव तस्करी गरिरहेको समाचार बाहिरिएको हो । 

उसको यो गोरखधन्दाको रामकहानी सार्वजनिक भएसँगै यही नोभेम्बर २३ देखि २५ सम्म टोक्योमा आयोजना गर्ने भनिएको सूर्य इन्टरनेशनल अवार्डको दोस्रो संस्करणको आयोजना नै अन्योलमा परेको छ । 

ठूलो तामझामका साथ महंगो टिकटसहित आयोजना गर्न लागिएको कार्यक्रममा नेपालका दर्जनौ ठूला सेलिब्रेटी आउने पोष्टर टांगिएको थियो । पोष्टरमा नेपालका ख्यातिप्राप्त कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पनि तस्बिर टाँगिएको छ। जापानका नेपालीमाझ अत्यन्त सम्मानका साथ लिइने र विवादमा कमै पर्न चाहने उनीहरू आउँलान् कि नआउँलान् ?, अहिले यहाँको नेपाली डायस्पोरामा यही मूलप्रश्न भएको छ ।

कार्यक्रमममा नेपाल चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष केशव भट्टराई र सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल पनि आउने भनिएको छ । मानव तस्करीमा नाम जोडिसकेको अवस्थामा उनीहरूजस्ता वरिष्ठ सरकारी अधिकारीहरू आउन मिल्छ र ? यहाँका नपालीमाझ यो पनि अर्को प्रश्न बनेको छ ।

यसैगरी कार्यक्रममा नीर शाह, भुवन केसी, विजय लामा, अनमोल केसी, नम्रता शर्मा, पूजा शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, श्वेता खड्का, वर्षा राउत, बुद्धि तामाङ, सन्दीप क्षेत्री, राजेश पायल राईलगायतका थुप्रै सेलिब्रेटी आउने भनिएको छ ।

नेपालबाहिरका ठूला डायस्पोरामा यस्ता आयोजनाहरू आम रूपमा आयोजना हुँदै आएका छन् । तर, यस्ता आयोजनामा गरिने लगानी भने सही बाटोबाट नआइरहेको बताइन्छ । 

आइल्याण्ड र क्रेज पार्टीका लागि ३०-३० हजार येनको टिकटसमेेत बेचिएको आयोजनालाई सबैभन्दा ठूलो कलिउड नाइट भनिएको छ ।

कवार्ड नै भएपनि अवार्ड भनपछि भुतुक्कै हुने र विदेशमा कार्यक्रम भनेपछि जस्तोमा पनि जान चानहने प्रवृति पछिल्लो समय नेपाली कलाकारमा निक्कै बढेको छ । यो मामलामा कनिष्ठदेखि वरिष्ठसम्म कोभन्दा को कमकै स्थितिमा छन् । 

नेपालबाहिरका ठूला डायस्पोरामा यस्ता आयोजनाहरू आम रूपमा आयोजना हुँदै आएका छन् । तर, यस्ता आयोजनामा गरिने लगानी भने सही बाटोबाट नआइरहेको बताइन्छ ।

यस्ता आयोजनाको अन्तरंग अवस्था जान्ने केही जानकार भन्छन्, 'आयोजकहरू यस्ता आयोजना गरेर ब्राण्ड बनाउँछन् र त्यही ब्राण्डलाई भजाएर मानव तस्करी गरिरहेका हुन्छन् । '

सूर्य इन्टरनेशनल अवार्डका आयोजक लामिछाने बन्धुको 'गोरखधन्दा' पनि यही हो । भाइ शम्भु नेपाल बसेर ग्राहक मिलाउने र दाजु वासुदेव जापान बसेर मानव तस्करी व्यवस्थापन गर्दै आएको जस्तो देखिएको छ ।

सूर्य इन्टरनेसनल अवार्डका आयोजकको गोरखधन्दा पनि यही रहेको बताइएको छ। भाइ शम्भु लामिछाने नेपालमा बसेर ग्राहक मिलाउने र दाजु वासुदेव लामिछाने जापानमा बसेर मानव तस्करी व्यवस्थापन गर्दै आएका छन्। उनीहरूले दुबैतिर एउटै नामका भिसा परामर्श कम्पनी चलाइरहेका छन् ।उनीहरूको गोरखधन्दा भनेकै नेपालबाट मोटो रकम लिएर पर्यटक भिसामा जापान लैजाने र त्यहाँ पुर्याएपछि अन्य भिसा बदल्ने प्रक्रियामा आधारित रहेको एक भुक्तभोगीले बताए ।

केही समयअघि सूर्य कर्पोरेशनलाई मोटो रकम दिएर जापान उडेका खोटाङका एक राईलाई जापानको होनेदा विमानस्थलबाटै फर्काइ दिएपछि सूर्य नेपाल गोरखधन्दाको रामकहानी बाहिरिएको हो। लामिछाने दाजुभाइको संस्थाबाट जापान आएर शरणार्थी बन्ने प्रक्रियामा रहेका धेरै नेपाली युवा भेटिन्छन्। तर, तैं चुप मैं चुपको अवस्थामा कोही पनि केही बताउन चाहदैनन् । 

प्रकाशित मिति: : 2019-11-17 04:41:41

प्रतिकृया दिनुहोस्