प्रधानमन्त्री ओलीले गरे तेस्रोपटक डायलाइसिस,अवस्था सामान्य

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार फेरि डायलासिस गरिएको छ।

प्रधानमन्त्री ओली विहान स्वास्थ्य उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल पुगे तेस्रोपटक डायलाइसिस गरेको हो। डायलासिस गरेसँगै उनि अपराहृन बालुवाटार फर्किएका छन्।

उनको अवस्था अहिले राम्रो रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंह शाहले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। 

चिकित्सकका अनुसार प्रायः मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा प्रत्यारोपण गरेको ५ वर्ष पछि मिर्गौलामा पुनः समस्याहरु आउँछ।

‘प्रत्यारोपण गरेको मिर्गौला सधै स्वस्थ्य भइरहँदैन, क्रियाटिनिन बढ्नुको अर्थ भनेको मिर्गौला बिग्रनु हो,’ एक मिर्गौला रोग विशेषज्ञले भने, ‘त्यो क्रियाटिनिन बढ्नुको कारण भनेको औषधि असर, पिसाब सम्बन्धी समस्या, वा मिर्गौला सुक्नु हो, मिर्गौला सुक्दै गएमा त्यो मिर्गौला बिग्रन्छ, कि त नियमति डायलाइसिस गरेर शरीरको फोहोर निकाल्नुपर्छ कि फेरी प्रत्यारोपण गर्नुपर्छ।’

प्रधानमन्त्री ओली यसअधि १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए। २७ साउन स्वदेश फर्किएका उनले ५ भदौमा फेरि सिंगापुर पुगेर फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गराएका थिए।

पछिल्लोपटक उनको डायलाइसिस थालिएको छ । डायलासिसले नभएमा पुनः मृर्गौला नै प्रत्यारोपण गराउने विषयमा पनि चिकित्सकहरूले छलफल गरिरहेका छन्।

 

 

 

प्रकाशित मिति: : 2019-11-16 17:03:31

प्रतिकृया दिनुहोस्