एक्टोनद्वारा सचिवसहित ३ सदस्य वर्खास्त

फाइल तस्बिर

कैलाश यात्रा संचालक संघ, नेपालको कार्यसमितिले तीन जनालाई वर्खास्त गरेको छ।

शुक्रवार एक्टोनको कार्यसमिति वैठकद्वारा सचिव तथा एक्सपलोर भ्याकेसनका प्रचण्ड मानन्धर, सदस्य तथा ओझा होलिडेजका रमेश ओझा र सदस्य कैलास जर्नीका राजन श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी वर्खास्त गरेका हो।

उनिहरुले संस्थाको नियम र हित विपरित बारम्बर नियम उल्घंन गरेको कारण हटाउन परेको एक्टोनले बताएको छ।

हालआएर सन् २०२० कैलास मानसरोवर यात्राको परमिट केहि समिति कम्पनीले मात्रै पाउने गरी र फरेन एक्स्चेञ्ज सेन्टर (एफ.ई.सि) ल्हासासंग एक्लौटि ढंगले बढेको मूल्य स्विरकार गरी संस्थाका अन्य सदस्यहरुसँग छलफलै नगरी हस्ताक्षर गरेको र बाँकी सबै कम्पनीको रोजिरोटि समेत खोस्ने कार्य भएको स्रोतले बिएल नेपाली सेवालाई बताएकाे छ।

नेपाल भ्रमण २०२० को मुखमा आएर एफईसिका यस्ता निर्णयले समग्र नेपालको पर्यटन क्षेत्रमा समेत असर गर्ने निश्चित देखिएको छ।

एक्टोनमा ३४ जना सदस्य कम्पनी मध्य ३१ सदस्यले एक मत राख्दै यस निर्णयको घोर आपत्ति जनाउदै नेपाल सरकार र चीन राजदूतावासमा छिट्टै समस्या सुल्झाउन पहल गरिने पनि बताएका छन्।

हाल भारतीय पर्यटकले अन्य विदेशी पर्यटकभन्दा ७०० डलर रकम बढि तिर्न बाध्य छन् । बार्षिक १८/२० हजार भारतीय पर्यटकले मात्रै कैलाश भ्रमण गर्छन्। यसभन्दा पहिले चीनको सि.आई.पि.सिको नाममा ब्रम्ह लुट गरेकोले चीन सरकारले उक्त संस्था खारेज गरी फरेन एकस्सचेञ्ज सेन्टर खोलेको थियो।

फेरि पनि यो संस्थाले नेपालका केही कम्पनीसँग मिलेर माफिया शैलीमा धरौटी असुल गरी अन्य साना कम्पनीलाई निषेध गर्न खोजेको छ। प्राप्त जानकारी अनुसार भित्री रुपमा एफईसि ल्हासाले १० कम्पनीलाई मात्रै छानेर धरौटी रकम ५० हजार डलर पुर्याउन लागेको र अन्य साना कम्पनीलाई पाखा लगाउने चलखेल समेत भईरहेको छ।

यस्तै अवस्था रहे संघका बाँकी सदस्य कम्पनीहरुले भारतीय दूतावास, नेपालमा रहेका चिनियाँ दूतावास, नेपाल चीन व्यापार संघ ,नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र परराष्ट्र मन्त्रालय समेतलाई ज्ञापन पत्र बुझाउन तयार भईरहेको पनि संस्थाका आधिकारीक सदस्यले बिएल नेपाली सेवालाई जानकारी गराएका छन्।

 

 

प्रकाशित मिति: : 2019-11-16 15:31:57

प्रतिकृया दिनुहोस्