ईटालीको शतप्रतिशत जित, समूह विजेता बन्ने पक्का

तस्बिरः एजेन्सी

युरोकप छनोट २०२० मा ईटालीको शतप्रतिशत जित कायम छ।

शुक्रबार भएको समूह जेको खेलमा ईटालीले बोस्निया हर्जगोभिनालाई ३–० ले हराएको छ।

फ्रान्सिस्को एसरबीले २१ औ मिनेटमा गोल गर्दै ईटालीलाई अग्रता दिलाए।

लोरिन्जो ईनसिग्नीले ३७ औ मिनेटमा टोलीको अग्रता दोब्बर बनाएका थिए।

एन्ड्री बेलोटीले ५२ औ मिनेटमा ईटालीका लागि तेस्रो गोल गरेका थिए।

ईटालीले ९ खेलबाट २७ अंक जोड्दै समूह विजेता बनेको छ।

बोस्निया १० अंक सहित तालिकाको पाँचौ स्थानमा यथावत छ।

 

प्रकाशित मिति: : 2019-11-16 07:43:18

प्रतिकृया दिनुहोस्