मेसीको गोलमा ब्राजिल पराजित,ग्याब्रिएल जेसस पेनाल्टी फेरि चुके

फाइल तस्बिर

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा ब्राजिल पराजित भएको छ ।

शुक्रबार साउदी अरेबियाको अल साउद युनिभर्सिटी स्टेडियममा भएको खेलमा ब्राजिल अर्जेन्टिनासँग ०–१ गोल अन्तरले पराजित भएको हो। अर्जेन्टिनाको जितमा एक मात्रै गोल कप्तान लिओनल मेसीले गरेका थिए।

निकैनै चर्काचर्की परेको खेलको नवौं मिनेटमा ब्राजिलले पेनाल्टी पाएकाे थियो। डि बक्समा अर्जेन्टिनी डिफेन्डरले ब्राजिलका ग्याब्रिएल जेससलाई लडाएपछि रेफ्रीले ब्राजिललाई सोझै पेनाल्टी दिए । तर जेससले गरेको पेनाल्टी प्रहार पोलभन्दा बाहिरबाट गएपछि ब्राजिल खेलमा अग्रता लिनबाट चुकेको थियो।

त्यसको ३ मिनेटमै अर्जेन्टिनाले पेनाल्टी पायो । डि बक्समा ब्राजिलका एलेक्स सान्ड्रोले मेसी लडाएपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको थियो।

सुरुवातमा मेसीकाे पेनाल्टी प्रहार ब्राजिलियन किपर एलिसन बेकरले रोकेका थिए । तर, रिबाउन्डमा आएको बललाई मेसीले जाली चुमाएका थिए ।

पहिलो हाफ ०–१ ले पछाडी परेको ब्राजिलले दोस्रो हाफमा उत्कृष्ठ प्रर्दश गरेको थियो तर गोल गर्न भने सकेन।

प्रकाशित मिति: : 2019-11-16 00:43:43

प्रतिकृया दिनुहोस्