नेपालले आज भारत 'बी'सँग प्रतिस्पर्धा गर्दै,पहिलो जित निकाल्ला त ?

फाइल तस्बिर

भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा नेपालले आज शुक्रबार भारत बीसँग प्रतिस्पर्धा गर्दैछ ।

अघिल्ला दुई खेलमा लगातार हार व्यहोरेको नेपालको तेस्रो खेल हैदरवादमा ९ः१५ मा सुरु हुनेछ ।

कुनै पनि खेल नजितेको नेपालले आज जित हात पार्न चाहान्छ ।

तर नेपालभन्दा बलियो टिम भारत बीसँग उत्कृष्ठ प्रर्दशन गर्नुपर्ने हुन्छ ।

यसअघि लज्जास्पद हार चाखेको नेपालले आज व्याटिङ र बलिङमा सुधार गर्नुपर्ने हुन्छ ।

 यस अघि पहिलो खेलमा नेपाल भारत सीसँग १० विकेटले पराजित भएको थियो ।

यस्तै दोस्रो खेलमा भारत ए टिमसँग १ सय ७ रनले पराजित भएको थियो ।

प्रकाशित मिति: : 2019-11-15 07:55:20

प्रतिकृया दिनुहोस्