चितवनमा बिहानै मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

प्रतिकात्मक तस्बिर

बोलेरोको ठक्करबाट बिहिबार बिहान चितवनमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगपालिका–६ का ३० वर्षीय रोशन सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१०च ४४१३ नंको बोलेरोले विपरीत दिशाबाट आउँदै गरेको बा६६प २९६५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते सापकोटाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकललाई ठक्कर दिने बोलेरो र चालक प्रहरी नियन्त्रणमा रहेका छन्। दुर्घटना आज बिहान २ः३० बजे इच्छाकामना गाउँपालिका–६ जलवीरेमा भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-14 07:50:41

प्रतिकृया दिनुहोस्