बार्सिलोनाले दोस्रो डिभिजनको क्लब कार्टागेनलाई हरायो

तस्बिरः एजेन्सी

कल्ब मैत्रीपूर्ण खेलमा स्पेनिस कल्ब बार्सिलोनाले सहज जित निकालेको छ।

गएराति भएको खेलमा बार्सिलोनाले स्पेनको दोस्रो डिभिजनको कल्ब कार्टागेनलाई २–० गोलले हराएको हो। बार्सिलोनाको जितमा कार्लेास पेरेज र एलेजान्ड्रो मार्क्विसले गोल गरे।

पहिलो हाफ गोल रहित बराबर खेलेको बार्सिलोनाले दुबै गोल दोस्रो हाफमा गरेको हो। खेलको ७४ औं मिनेटमा पेरेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

यस्तो बार्सिलोनाले दोस्रो गोल ८८ औं मिनेटमा गरेको थियो। बार्सिलोनाको लागि दोस्रो गोल मार्क्विसले गरेका हुन्।

यो खेलमा प्रमुख खेलाडीहरुको उपस्थिति थिएन।

प्रकाशित मिति: : 2019-11-14 07:44:07

प्रतिकृया दिनुहोस्