बालबालिकामा श्वासप्रश्वास रोगको डरलाग्दो संक्रमण : सावधान, निमोनियाले ज्यान जाला

तस्बिरः राजधानी

काठमाडौं । तपाईंका कलिला बालबालिका श्वास प्रश्वासजन्य रोगको सिकार त बन्दै छैनन् ? समयमा ध्यान नपु¥याउने र संवेदनशील नबन्ने हो भने तपाईंका बालबालिकालाई श्वासप्रश्वासको संक्रमणले लामो समयसम्म सताउन सक्ने देखिएको छ । श्वासप्रश्वासले जटिल रूप लिए निमोनिया हुन सक्ने र समयमा उपचार नभए बालबालिकाको मृत्युसमेत हुन सक्ने चिकित्सकले बताएका छन् ।
सरकारकै एक तथ्यांकले एक वर्षको अवधिमा मात्रै १७ लाखभन्दा बढी बालबालिका त्यस्तो रोगको संक्रमणले प्रभावित भएको देखाएको छ । जुन कुल बालबालिकाका आधाभन्दा बढी हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार २०७५÷७६ मा १७ लाख बालबालिकाहरू स्वासप्रश्वाससम्बन्धी रोगबाट प्रभावित भएका हुन् । स्वासप्रश्वासजन्य रोगअन्तर्गत रुघाखोकी, फोक्सोमा संक्रमणलगायत पर्छन् ।

प्रकाशित मिति: : 2019-11-14 06:58:54

प्रतिकृया दिनुहोस्