लिभरपुल तथा ईजिप्टका फरवार्ड मोहमद सलाहाले अफ्रिकी कप अफ नेसन्सको छनोट खेल गुमाउने भएका छन् ।
२७ बर्षका सलाहाले चोटका कारण केन्या र कोमोरसविरुद्वको छनोट खेल गुमाउने भएका हुन् ।
सलाहा प्रिमियर लिगमा म्यान्चेष्टर सिटीविरुद्व ८७ औ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।सलाहाले कायरोमा मंगलबार चोटको परिक्षण गरेका थिए ।
सलाहाले म्यान्चेष्टर युनाईटेडसंग लिभरपुलले बराबरी खेलेको म्याच समेत गुमाउन पुगेका थिए । लेस्टरका हमजा चौधरीको ट्याकलका कारण उनको चोट बल्झिएको थियो।
सो ट्याकललाई लिएर लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले समेत आपत्ती जनाएका थिए ।