काठमाडौं- सोमबार करिब ११ बजेतिर एक बुक तास हातमा लिएर फिट्छन्, महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी रुगम कुँवर र एक प्रहरी निरीक्षक।
कालिमाटी प्रहरी कार्यालयमै यसरी फिटिएको तास बाँड्न सुरु हुन्छ। तास बाँड्नुभन्दा अगावै मोबाइलले संकेत गर्छ, ‘टुटुटु ...।’ अर्थात दुईको संकेत गर्छ । त्यसपछि चार जनालाई फलाँस खेलका लागि तीन/तीन पत्ती तास बाँडिन्छ।
मोबाइलले पहिल्यै संकेत गरेर टु अर्थात् दोस्रो नम्बरको व्यक्तिले तास जित्नुपर्ने हुन्छ। नभन्दै तास पल्टाउँदा दोस्रो व्यक्तिले नै खेल जित्छ।