रौतहटमा प्रहरी चौकी भित्रै बम विस्फोट,एकजना पक्राउ

फाइल तस्बिर

रौतहटको इसनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा बम विष्फोट गराएको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत ढाका घर बताउने चन्दन कुमार रहेका छन् ।

उनले प्रयोग गरेको बीआर०५एच६५०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।उनीसँगै मोटरसाइकलमा सवार अर्का व्यक्ति भने फरार छन् ।

दुई नम्वर प्रदेश प्रहरी प्रमुख डिआइजी प्रधुम्म कार्कीले घटनाको पुष्टि गर्दै जिल्लाबाट १० जनाको टोली घटनास्थलमा खटिएको बताए। उनका अनुसार भारतीय सीमामा रहेको उक्त चौकीमा कनिष्ठ प्रहरी अधिकारीको कमाण्डमा सातजना कार्यरत थिए।

घटनामा प्रहरी जवान कुमार यादब घाइते भएका छन्। उनको काखीदेखि तिघ्रासमम्म समान्य चोट लागेको छ भने नजिकै चौरमा चरिरहेको एकवटा बाख्रा मरेको डिआइजी कार्कीले बताए ।

मोबाइल सम्पर्क नहुने भएकाले यथार्थ विवरण प्राप्त हुन नसकेकोको डीएसपी कार्कीले बताए। उनका अनुसार अहिले अन्य सूचना अपूष्ट छन्।

प्रकाशित मिति: : 2019-11-12 14:49:34

प्रतिकृया दिनुहोस्