तेलचित्रमा आधारित बुद्धको वृत्तचित्र र चलचित्र बनाइने

फाइल तस्बिर

चीनको मुन भच्र्यु कल्चर मिडिया कम्पनीले गौतमबुद्धको तेलचित्र (ओइल पेन्टिङ) बनाई सोही कथामा आधारित वृत्तचित्र र चलचित्र निर्माण गर्ने भएको छ।

नेपाल भ्रमणका क्रममा रहेका उक्त कम्पनीका प्रतिनिधिले नेपाल र चीनबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन सो योजना बनाइएको जनाएका छन । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका कार्यकारी प्रमुख हु जिझोङले नेपाल र चीनको ऐतिहासिक सम्बन्ध झल्काउने गरी चलचित्र बनाउन लागिएको बताए।

चीनका चित्रकार वाङ मिङले लुम्बिनीमा उक्त चित्र बनाउने बताए। वृत्तचित्र आगामी मार्च महिनाबाट छायाङ्कन शुरु हुने उहाँले बताउनुभयो । निर्माण भइसकेपछि नेपाल, चीनलगायत अन्य देशमा हुने चलचित्र महोत्सवमा प्रदर्शन गरिने उनको भनाइ छ । वृतचित्रको प्रदर्शनपछि सोही तेलचित्र चोरिएको विषयलाई लिएर ठूलो पर्दाको चलचित्र बनाउने कम्पनीको योजना छ। उक्त चलचित्रमा नेपालका तर्फबाट अभिनेता रेश मरहठ्ठालाई मुख्य भूमिकामा अनुबन्ध गरिएको हुले जानकारी दिए।

अभिनेता रेशले आफू यसरी नेपालबाट चीनले बनाउने फिल्ममा छनोट हुन पाउँदा गर्व लागेको बताए। चलचित्रमा छनोट भएका नेपाल र नेपालीको सम्मानको विषय भएको उनको भनाइ छ ।

 

 

प्रकाशित मिति: : 2019-11-12 07:54:41

प्रतिकृया दिनुहोस्