शिक्षामन्त्री पोखरेल आज फ्रान्स जाँदै

फाइल तस्बिर

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल युनेस्कोको ४० औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज फ्रान्सको राजधानी पेरिस जाने भएका छन् ।
आज राति ११ बजे उनी त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

युनेस्को नेपालको अध्यक्षसमेत रहेका मन्त्री पोखरेलले यही कात्तिक ३० गते दिगो विकासमा शिक्षाको मार्गदर्शन र नेपालको पछिल्लो अवस्थाका बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले युनेस्कोको महासभाका विभिन्न बैठकमा समेत नेपालको धारणा राख्नुहुने कार्यक्रम रहेको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

युनेस्कोको महासभाबाट फर्किपछि मन्त्री पोखरेल कतारमा आयोजना हुने २२ देशका शिक्षा मन्त्रीहरुको बैठकमा सहभागी हुनेछन् । मन्त्री पोखरेल आगामी मङ्सिर ५ गते स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति: : 2019-11-11 22:43:04

प्रतिकृया दिनुहोस्