झापाको चन्द्रगढीस्थित भद्रपुर विमानस्थल १० दिन बन्द हुने भएको छ ।
नियमित मर्मत सम्भारका लागि यो विमानस्थल २६ कात्तिकदेखि ५ मंसिरसम्म बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। झापामा हुने उडान अवतरण ठप्प हुने भएसँगै अबको नियमित उडान विराटनगरमा सार्ने भएका छन्।
वायुसेवा सञ्चालक संघ (आयोन)ले झापाको भद्रपुरबाट भइरहेका उडान अब विकल्पका रूपमा विराटनगरबाट हुने जानकारी दिएको छ।