केही सातादेखि काठमाडौं उपत्यकामा भैंसीका हड्डी तथा छाला जलाएर दुर्गन्ध फैलाउने तीन जनालाई प्रहरीले छाडेको छ ।
शनिबार स्थगत निरीक्षण गरेसँगै उनीहरूलाई १२ हजार रुपैयाँ जरिवना तिराए छाडिएको महानगर प्रहरी निरीक्षक सुवर्ण व्यञ्जनकारले जानकारी दिए ।
गत सोमबार राति साडे ११ बजे प्रहरीले नख्खु खोलाबाट बधशालाबाट ल्याइएका छाला तथा हड्डी जलाइरहेको अवस्थामा सातदोबाटो प्रहरी वृत्तले तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा राजेश शेर्पा, शाजिद मुस्लिम र फेसल मुस्लिम रहेका छन्। मंगलबार उनीहरूलाई प्रहरीले स्थानीय सरकारको मातहतमा पर्ने भन्दै निवेदनसहित महानगरलाई बुझाएको थियो ।