कलाकार बसुन्धरा भुसालको जीवन : विवाहपछि कलाकारितामा अगाडि बढ्न सजिलो भयो

Photo Credit :Ratopati

नेपाली कलाकारिता क्षेत्रको पहिलो महिला हास्यकलाकार हुन् बसुन्धरा भुसाल । विसं २०२१ सालमा निर्माण भएको फिल्म ‘आमा’बाट उनले चलचित्र यात्रा थालेकी हुन् ।

भुसालको कलाकारिताको सुरुवात भने २०१४ सालमा रङ्गमञ्चको बालकला प्रतियोगितामार्फत भएको हो । सो समय उनी ७ वर्षकी थिइन् । उक्त समय ‘हातै काट्यो चालिसे चुराले, माया फाटो जालीको कुराले’ बोलको गीतमा नृत्य गरेर उनले पुरस्कार हात पारेकी थिइन् ।

६० वर्ष लामो समय कलाकारितामा बिताएकी भुसाल अहिलेका धेरै कलाकारको प्रेरणाकी स्रोत हुन् । हास्य कलाकारलाई जोकरको र महिलालाई नराम्रो रूपमा हेरिने त्यो समयबाट गुज्रिएकी भुसाल अहिले कलाकारितालाई हेर्न नजर बदलिएको र सम्मान गर्ने प्रचलन आएकोमा खुसी छिन् ।

उमेरले ७० टेक्न लाग्दा पनि कलाकारिताप्रतिको उनको लगाव बढ्दोछ । शरीरले साथ दिएसम्म र भ्याएसम्म उनी प्रायः सबै कार्यक्रममा पुग्ने गर्छिन् । त्यसैले होला यो क्षेत्रबाट पाएको सम्मान र अवार्डले उनको तीनतले घर पूरै भरिएको छ ।

 

 

प्रकाशित मिति: : 2019-11-09 17:46:10

प्रतिकृया दिनुहोस्