भारत र पाकिस्तानले क्रिकेट नखेल्ने

फाइल तस्बिर

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा क्रिकेटतर्फ भारत र पाकिस्तान नखेल्ने भएका छन्।

निर्धारित तालिकाअनुसार पुरुष क्रिकेट त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा र महिला क्रिकेट पोखरा क्रिकेट रंगशालामा हुनेछ। तर विश्व क्रिकेटका शक्तिशाली भारत र पाकिस्तानले क्रिकेटमा सहभागिता नजनाउने भएका छन् ।

क्रिकेटमा नेपालसहित श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानले मात्र खेल्ने छन् ।

सागमा दोस्रो पटक क्रिकेट समावेश गरिएको हो । बंगलादेशमा सन् २०१० मा भएको ११ औं सागमा क्रिकेटलाई पहिलोपल्ट समावेश गरिएको थियो ।

तर भारतले त्यो सागसहित २०१४ को इन्चोन एसियाली खेलकुदमा पनि क्रिकेटमा सहभागिता जनाएको थिएन ।

प्रकाशित मिति: : 2019-11-09 13:07:15

प्रतिकृया दिनुहोस्