बाइक तथा गाडीको पछिल्लो मूल्य सार्वजनिक, कुनको कति पर्छ ?

सवारी तथा ढुवानी आयातकर्ता कम्पनीले नेपालमा भित्रिने सवारी साधनको मूल्य सार्वजनिक गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसनले शुक्रबार एक सूचना जारी गर्दै सवारी साधनको अधिकतम मूल्य सार्वजनिक गरेको हो । सार्वजनिक मूल्यभन्दा एक पैसा पनि ग्राहकसँग लिन नपाइने नाडा अटोमोबाइल्स एसोसिएसनका उपाध्यक्ष कृष्ण दुलालले जनाए । उनका अनुसार बरु डिस्काउन्टमा केही मूल्य घट्न सक्छ तर बढ्न सक्तैन । पूजा इन्टरनेसनल नेपाल, ओम्नी मोटर्स प्रालि, एमएडब्लू इन्टरप्राइजेज, स्याकार ट्रेडिङ कम्पनी, युनाइटेड ट्रोडर्स सिन्डिकेट प्रालि, भीजी अटोमोबाइल्स प्रालि, जगदम्बा मोटर्स प्रालि, रमन मोटर्स प्रालि, अग्नि मोटो इन्क प्रालि, केटीएम इन्टरनेसनल लगायतले सवारी साधनको खरिद र बिक्री मूल्य सार्वजनिक गरेका छन् । सवारी साधन आयातकर्ताले भन्सार विन्दुमै एमआरपी उल्लेख गर्नुपर्ने प्रावधान छ । 

प्रकाशित मिति: : 2019-11-08 18:09:37

प्रतिकृया दिनुहोस्