नर्सिङ्ग पढ्न भर्ना भएका ३० छात्रालाई कलेजले यसरी ठग्यो (भिडियो)

Photo Credit : Annapurna post

बिरामीको स्याहार गर्ने सपना देखेका नर्सिङ्ग पढिरहेका यी छात्राको आँखामा अहिले पनि आँसु टलपलाएको छ।गाउँबाट ऋण सापटी गरेर  नर्सिङ पढ्न राजधानी आएका उनीहरुको भविष्यमाथि  निर्मम खेलवाड भएको छ। 

परीक्षाको मुखमा जब पढिरहेको कलेजको सम्बन्धन नै खारेज भएको खुलासा भयो, उनीहरु छाँगाबाट खसेजस्तै भए। करिब तीसजना छात्राको नर्सिङ सपनामा खेलवाड गर्ने र ठग्‍ने संस्था भक्तपुर ठिमीको चक्रवर्ती नर्सिङ्ग कलेज हो। जसले सबा तीन लाखको प्याकेजमा विद्यार्थी भर्ना गरेको थियो। 

परीक्षा दिन नपाएका छात्रा यतिबेला न्यायको खोजीमा भौतारिएका छन्। उनीहरु आफै बिरामी पर्न थालेका छन्।  उनीहरु भन्छन्, 'हाम्रो भोक निद्रा सपना सबै लुट्यो यो कलेजले ।'

प्रकाशित मिति: : 2019-11-08 15:41:22

प्रतिकृया दिनुहोस्