'इगो'को लडाईमा प्रहरीको 'फुर्ती' : विमानस्थलबाटै रुप ज्योतिलाई समात्नै पर्ने के थियो कारण?

Photo Credit :Pahilopost.com

बाँसवारीस्थित शहीद गंगालाल अस्पतालको दुई सय मिटर दुरीमा ६ रोपनी ११ आना जग्गाको एउटा प्लट छ। यो जग्गाको मालिक हो - ल्याण्डमार्क डेभलपर्स प्रा लि। यही जग्गासँग जोडिएको छ, पूर्व अर्थ राज्यमन्त्री तथा उद्योगी डाक्टर रुप ज्योति प्रक्राउ प्रकरण। 

सर्वोच्च अदालतमा रुप ज्योतिले दायर गरेको मुद्दाको कागजातअनुसार ल्याण्डमार्क डेभलपर्सलाई ज्योति समूहका तीन कम्पनी स्याकार एण्ड कम्पनी, जय स्पिनिङ मिल र ज्योति एण्ड कम्पनीले होल्डिङ गर्छ। 

यी कम्पनीमा रुप ज्योति, कमला कंशाकार, शौरभ ज्योति, सहृद ज्योति, अभिक ज्योति, पद्म ज्योति, मिला सायमी लगायतका सेयर होल्डरहरु छन्।

+++

ल्याण्डमार्क डेभलपर्सका नाममा रहेको यो जग्गालाई ज्योति समूहले २०७१ सालमा हाउजिङ परियोजनाका रुपमा विकास गर्ने योजना बनायो। र, त्यसका लागि सिई कन्स्ट्रक्शनलाई वर्किङ पार्टनरका रुपमा छान्यो। कम्पनीले बाँसवारी कोलोनीका नाममा यसलाई १२ वटा प्लटमा बाँड्यो।

प्रकाशित मिति: : 2019-11-08 15:38:07

प्रतिकृया दिनुहोस्