अमेरिकाले दियो नेपाललाई १३ करोड डलर, घटाएन एक पेनी पनि !

समृद्ध नेपाल, सुखी नेपालीको यात्रामा अमेरिकाको साथ । तस्बिर : युएसएड ।

अमेरिकाले सन् २०१९ मा नेपाललाई एकसय ३० मिलियन अमेरिकी डलर सहयोग प्रदान गरेको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी यसको जानकारी गराएका छन् । 

यो सहयोग युएसएड एसियाका तर्फबाट दिइएको बताउँदै यसका लागि त्यस परियोजना प्रमुख ग्लोरिया स्टिललाई धन्यवाद दिएका छन् ।

केही समयअघि स्टीलले नेपालको भ्रमण गरेकी थिइन् । त्यसका लागि राजदूत बेरीले उनलाई धन्यवाद पनि दिएका छन् ।

 अमेरिकाले नेपाललाई दिदै आएको सहयोगमा एक पेनी पनि कम हुदैन । हामी समृद्ध नेपाल र सुखी नेपालीको यात्रामा साथै रहनेछौैं ।
र्‍यान्डी बेरी, नेपालका लागि अमेरिकी राजदूत 

राजदूत बेरीले उक्त सहयोग राशी नेपालको स्वास्थ्य र शिक्षा, सुशासन, कृषिको आधुनिकीरण र वन्यजन्तु संरक्षणका लागि उपयोग गरिएको पनि बताएका छन् ।

अमेरिकाको राष्ट्रपतिमा डोनल्ड ट्रम्पले जितेपछि वैदेशिक सहयोगको ठूलो राशी कटौती गरिएको थियो । त्यो कटौती नेपालका लागि पनि हुने अनुमान गरिएको थियो । तर, त्यसो नभएर नेपालले पाउँने अमेरिकी सहयोगमा निरन्तर वृद्धि हुँदै आएको छ ।

यही क्रममा राजदूत बेरीले भनेका छन्- ' अमेरिकाले नेपाललाई दिदै आएको सहयोगमा एक पेनी पनि कम हुदैन । हामी समृद्ध नेपाल र सुखी नेपालीको यात्रामा साथै रहनेछौैं ।'

प्रकाशित मिति: : 2019-11-08 07:27:20

प्रतिकृया दिनुहोस्