तोडफोड गरेको आरोपमा वडाध्यक्ष सहित १० जनाविरुद्ध किटानी जाहेरी

फाइल तस्बिर

बनेपा नगरपालिकाले शान्ति सुरक्षामा खलल पु¥याई तोडफोड गरेको आरोपमा वडा नं १० का वडाध्यक्ष शेरबहादुर सुवालसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दिएको छ ।

बनेपा नपाका–९ ठकुरीगाउँस्थित आफ्नै कृषि फार्ममा फोहरमैला व्यवस्थापन गर्न मेशिन राख्ने स्थान तयारी गर्ने क्रममा गत सोमबार डोजर लैजाँदा वडाध्यक्ष सुवालको नेतृत्वमा अवरोध पु¥याएको जनाउँदै किटानी जाहेरी दिइएको हो ।

नपाले उक्त स्थानमा जापानिज प्राविधिबाट धुवाँरहित, वातावरणलाई अवसर नपुग्ने मेशिनमार्फत फोहर नष्ट गर्न जमीन तयारीका लागि डोजर लैजाँदै गर्दा स्थानीयले बाटोमा अवरोध पु¥याइ सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गरी डोजर तोडफोड गरिएको थियो ।

स्नीयले अवरोध पु¥याएपछि भीडलाई तितरवितर पार्न सुरक्षाकर्मीले छ सेल अश्रुग्यास प्रहार गरेको थियो । त्यसलगत्तै भएको झडपमा पाँच जना स्थानीय सामान्य घाइते भएका थिए ।

प्रहरीले तोडफोडमा संलग्न स्थानीय डम्बरबहादुर घिसिङ ९सङ्घर्ष समिति अध्यक्ष०लाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । नायब उपरीक्षक दीपक गिरीलेले भने, “अनुसन्धानका लागि आरोपित अन्यको खोजी कार्य भइरहेको छ ।” बनेपाको फोहर व्यवस्थापनका विषयमा गत हप्ता जिल्ला समन्वय समितिको कार्यालयमा भएको सर्वदलीय, पक्षीय छलफलका सहभागीले उक्त स्थानमा वातावरण प्रदूषणमुक्त मेशिन राख्न सहमत भएका थिए ।

प्रकाशित मिति: : 2019-11-07 12:33:59

प्रतिकृया दिनुहोस्