नालापानी र लिपुलेक भारतले गाभेको प्रति सरकार मौन बसेको भन्दै नेविसंघले गर्‍यो प्रर्दशन

बिएल

भारत सरकारले आफ्नो नक्सामा नेपालका नालापानी र लिपुलेकलाई राखेको भन्दै नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी आरआर इकाईले बिरोध प्रर्दशन गरेको छ ।

नेविसंघ आरआर इकाईले बुधबार क्याम्पस बाहिर बिरोध प्रर्दशन गर्दै भारतको कदम प्रति आपत्ति जनाएको हो । बिरोध कार्यक्रममा नेपाल सरकारले भारतको कदमको बारेमा आफ्नो धारणा सार्वजनिक नगरेको भन्दै आक्रोश पोखेका थिए ।भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा भारततर्फ परेको छ ।

इकाई सचीव अनुराग शाहले कार्यक्रमलाई सम्बोधन गर्दै सरकार मौन बसेर के लिपुलेक र कालापानी आफैले बेचेको हो त भनेर प्रश्न पनि गरेका थिए ।

भारत सरकारको यो रबैयाका विरुद्ध नेपाल सरकार मौन भए झन आन्दोलन चर्काउने नेविसंघका आर आर इकाईका अध्यक्ष सन्जीव ढकालले चेतावनी दिए । आन्दोलनलाई खेलाची सोचे सरकारले त्यसको परिणाम नराम्रो पाउने पनि उनले तर्क गरे।

बिरोध कार्यक्रमलाई नेविसंघका निवर्तमान उपाध्यक्ष सागर परियार,नेपाल विद्यार्थी संघ आर आरका इकाई अध्यक्ष सन्जीव ढकाल संघका सचीव अनुराग शाह लगाएका नेताहरूले सम्बोधन गरेका थिए।

 

प्रकाशित मिति: : 2019-11-06 17:16:33

प्रतिकृया दिनुहोस्