च्याम्पियन्स लिग: इन्टरमिलानविरुद्ध डोर्टमण्डको कमब्याक जित, हाकिमीले गरे दुई गोल

तस्बिरः एजेन्सी

च्याम्पियन्स लिग अन्तर्गत बोर्सिया डोर्टमण्डले इन्टरमिलानमाथि जित हासिल गरेको छ ।

गएराति भएको खेलमा डोर्टमण्डले इन्टरमिलानमाथि ३–२ को जित हासिल गरेको हो ।

डोर्टमण्डको जितमा अचारफ हाकिमीले दुई गोल गरेका थिए भने जुलियन ब्राण्डटले एक गोल गरेका थिए । त्यस्तै इन्टरमिलानका लागि लाऊटारो मार्टीनेज र माटियास भेसिनोले एक एक गोल गरेका थिए ।

खेलको ५ औ. मिनेटमा नै इन्टरमिलानका मार्टीनेज गोल गरेका थिए । त्यस्तै भेसिनोले खेलको ४० औं मिनेटमा गोल गर्दै मिलानको अग्रता २–० बनाए । पहिलो हाफ २–० ले पछाडी परेको डोर्टमण्ड दोस्रो हाफमा खेलमा फर्कियो ।

डोर्टमण्डका लागि ५१ औं मिनेटमा हाकिमीले गोल गर्दै खेल २–१ मा ल्याए । त्यस्तै खेलको ६४ औं मिनेटमा डोर्टमण्डले पुन गोल गर्यो । उसका लागि ब्राण्डटले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

यस्तै खेलको ७७ औं मिनेटमा डोर्टमण्डका हाकिमीले व्यक्तिगत दोस्रो गोल गरे । उनको गोलसँगै डोर्टमण्डले २–३ को कमब्याक जित हासिल गर्यो ।

डोर्टमण्ड यो जितपछि ४ खेलमा ७ अंक हासिल गर्दै समुह एफमा दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना ८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

इन्टरको ४ खेलमा ४ अंक छ भने अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: : 2019-11-06 07:11:32

प्रतिकृया दिनुहोस्