गतबर्ष झै यो वर्षपनि अखिल भारत गोर्खा समाजले समाजको पाँचौं वार्षिक सम्मेलन तथा स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको छ । वलसाड जिल्लाअन्तगर्त विभिन्न नगरका गोर्खा समाजमा पठन–पाठन गर्ने स्कुले विद्यार्थीलाई कपि, कलम र स्कुले झोला वितरण गरिएको अखिल भारत गोर्खा समाज गुजरात राज्य समितिले बिएल नेपाली सेवालाई जानकारी दियो। अघिल्लो वर्ष परीक्षामा सबैभन्दा धेरै अंक ल्याउने होनहार तथा जेहेन्दार समाजका तीस विद्यार्थीलाई उपहार प्रदान गर्नुका साथै सम्मान समेत गरियो।
स्नेह मिलन अनि शुभ सांस्कुतिक कार्यक्रमको अध्यक्षता राज (लालतारा) भुजेलले गरेका थिए भने अखिल भारत गोर्खा समाजका संयोजक टंकप्रसाद दाहाल, याम बहादुर, चेतनाथ ढकाल, कमला ढकाल, राजभान सिंहको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमको प्रमुख अतिथ्य गुजरात राज्यका आदिवासी तथा बन बिभाग राज्यमन्त्री रमनभाई पाटकर, गुजरात राज्यका भारतीय मानवाधिकार संगठनका प्रमुख विनोद सिंह, संगठनका जिल्ला प्रमुख मौलिक मोदी र सरिगाव ग्राम पंचायतका प्रधानपञ्च पंकज राय, भारत पहाड भूभागकी प्रथम महिला मेजर जेनेरल र रोटरी हरिया एल जी, अस्पताल नर्सिङ्ग निर्देशक र सेन्ड सराफ रोफेल नर्सिङ्ग कलेज प्रिन्सिपल डा. टि.के. भुटिया र उमरगांव तालुका पञ्चायत पूर्व कारोबारी अध्यक्ष युवा तथा चेरीटेवल ट्रस्ट चेयरमेन राकेश राय, उमरगांव नगरपालिका प्रमुख रामशबद सिंह, डा. निरव शाह, के.डि.बि. उच्च विद्यालयका प्रधान व्यवस्थापक कुन्तेश भट्ट, देवराज भट्ट र चन्दन राजपुत, वलसाड जिल्ला युवा संगठनका अध्यक्ष चेतन भण्डारी, नेपाली समाजका केन्द्रिय, क्षेत्रीय र अन्य महानुभाव गोबिन्दबहादुर थापा, बेदबहादुर कार्की, भुवनसिंह धामी, बाबुराम दाहित, गिता रावल, शोभा धामी, लव ठाकुर, श्रीधर शर्मा, बिष्णुमाया शर्मा, तुम कुमारी, सरिगाम–भिलाड, कलगाम–उमरगाम– वापि–दमण– सिलवासाका समाजसेवी, ब्यापारी र स्कुलका ट्रस्टि र विभिन्न सञ्चार माध्यमका पत्रकारको पनि सहभागीता रहेको थियो।
कार्यक्रममा सहभागीले गोर्खा समाजलाई शुभकामना दिँदै विद्यार्थीलाई शिक्षाप्रति सधै साथ र सहयोग दिइरहने प्रतिबद्धता व्यक्त गरेका थिए। यस अवसरमा आदिवासी राज्यमन्त्री पाटकर र मेजर जनरल टी.आई. के. भुटियाले समाजका होनहार विद्यार्थीलाई आफ्नो तर्फबाट आर्थिक र नैतिक सहयोग प्रदान गर्ने तथा गोरखा समाजलाई चाहिने जतिसुकै सहयोग पुर्याउने प्रतिबद्धता ब्यक्त गरेका थिए।