‘ट्रेजेडी अफ कमन्स’ नयाँ संस्करणमा

Photo Credit :baahrakhari.com

कुनै बेला विकास बहसमा ‘ट्रेजेडी अफ कमन्स’ भन्ने शब्दावलीको निकै चर्चा हुन्थ्यो । एउटा साझा गौचरको उदाहरण दिएर त्यसको फाइदा सबैले लिने तर संरक्षण कसैले नगर्ने प्रवृत्तिलाई ‘ट्रेजेडी अफ कमन्स’ भनिएको थियो । दिगो विकासको अवधारणाको सन्दर्भमा पनि यसको चर्चा हुन्थ्यो ।

साझा तर कसैले हेरविचार नगरेको साधन स्रोतको सक्नेजति सबैले मनपरी दोहन गर्छन् भन्ने नै यो ‘साझा स्रोतको दुःखान्त’को तात्पर्य हो । तर, एलिनोर ओस्ट्रोमले नेपालकै कुलोपानीको व्यवस्थापनको अध्ययन उपभोक्ता समूहहरूले साझा सम्पत्तिको पनि सफल व्यवस्थापन गर्छन् भन्ने मान्यता प्रस्तुत गरेकी थिइन् । जेहोस्, आइतबार बिहान र साँझमा देखेको दृश्यले फेरि एकपटक ट्रेजेडी अफ कमन्सको सम्झना गरायो ।

नदी र खोलाहरूबाट ढुंगाबालुवा झिक्ने काम देशैभर व्यापकरूपमा हुन्छ । धेरैजसो स्थानीय तहहरूले यस्तो स्रोत बर्सेनि ठेक्कामा दिन्छन् । आँबुखैरेनी गाउँपालिकाले पनि ठेक्कामा लगाउन टेन्डर खोलेको रहेछ । बढी अंक कबुल गर्ने ठेकेदार सम्झौता गर्नै आएन रे ! दोस्रो र पहिलोका बीचमा धेरै फरक भएर गाउँपालिकाले निर्णय ठेक्का दिन सकेन ।

प्रकाशित मिति: : 2019-11-04 20:27:28

प्रतिकृया दिनुहोस्