मिर्गौला दोस्रोपल्ट प्रत्यारोपण गर्दा जोखिम बढी हुन्छ

काठमाडौं । दुवै मिर्गौला पूर्णरुपमा बिग्रेर काम गर्न नसक्ने अवस्थामा पुगेपछि डायलाइसिस गरिन्छ । मिर्गौला बिग्रने वा फेल भएपछि सुरुको अवस्थामा कृत्रिम तरिकाले मानिसको जीवन बचाउनका लागि हामीले डायलाइसिस गर्छौं ।  त्यसपछि यदि मिर्गौला दान दिने मानिस छ भने प्रत्यारोपणको चरणमा जान सकिन्छ । तर छैनन् भने डायलाइसिस गरेर जीवन बचाउन सकिन्छ । सामान्यतया प्रत्यारोपण गरेको मिर्गौलाको आयु बढीमा १५ देखि २० वर्षसम्मको हुन्छ ।

कोही कसैमा २५ वर्षसम्म काम गरेको पनि देखिन्छ । तर मिर्गौला दिने मानिसको मिर्गौला कस्तो थियो भन्नेमा पनि भर पर्छ । अर्को भनेको मिर्गौला लिने मानिसले औषधी मिलाएर खाएको छ वा छैन, समयमा चेकजाँच भएको छ कि छैन त्यसमा पनि भर पर्छ । मिर्गौला प्रत्यारोपण गरेपछि पुनः फेल भयो भने तत्कालै मिर्गौला प्रत्यारोपण गर्न मिल्दैन । त्यस्तो अवस्थामा अस्थायी रुपमा डायलाइसिस गरिन्छ ।  डायलाइसिस गर्दा पुनः प्रत्यारोपण गर्न मिल्छ कि मिल्दैन भनेर त्यस बिरामीको रगत परीक्षण गरिन्छ ।

प्रकाशित मिति: : 2019-11-04 07:29:02

प्रतिकृया दिनुहोस्