भारतविरुद्ध बंगलादेशको शानदार जित

तस्बिरः एजेन्सी

भारतविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा बंगलादेशले रोमान्चक जित निकालेको छ ।

आइतबार राति दिल्लीमा भएको खेलमा बंगलादेशले घरेलु टोली भारतलाई ७ विकेटले पराजित गरेको छ ।

भारतले दिएको १४९ रनको लक्ष्य बंगलादेशले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

बंगलादेशको जितमा मुस्फिकर रहिमले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सौम्य सरकारले ३९ तथा मोहमद नाइमले २६ रन जोडे ।

 भारतका दिपक चाहर, खलिल अहमेद र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।

 यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनाएको थियो ।

भारतका लागि शिखर धवनले ४१ तथा ऋषप पन्तले २७ रन बनाए ।

बंगलादेशका एमिन्युल इस्लाम र सैफुल इस्लामले २/२ विकेट लिए ।

जितसँगै तीन खेलको सिरिजमा बंगलादेशले १-० को अग्रता बनाएको छ । अब दुई टोलीबीचको दोस्रो खेल बिहिबार हुनेछ ।

टी–ट्वान्टी सिरिजपछि भारत र बंगलादेशबीच दुई खेलको टेष्ट सिरिज हुनेछ ।

प्रकाशित मिति: : 2019-11-04 06:44:17

प्रतिकृया दिनुहोस्