सुकुटे बस दुर्घटना: मृत्यु हुनेको संख्या १७ पुग्यो, प्रहरी भन्छ- तीब्र गतिमा चलाउँदा दुर्घटना भयो

बिएल

सुनकोसी नदीमा यात्रुवाहक बस खस्दा मृत्यु हुनेको संख्या १७ पुगेको छ । दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ गइरहेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेनजिकैबाट नदीमा खस्दा पाँच बालबालिकासहित १७ जनाको मृत्यु भएको हो । दुर्घटनामा ५१ जना घाइते भएका छन् ।

दुर्घटनामा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ की ३० वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी, दोलखा भीमेश्वर नगरपालिका–९ की २४ वर्षीया रञ्जिता केसी, शैलुङ गाउँपालिका–३ की ५० वर्षीया रत्नकुमारी राउत, उनका २८ वर्षीय छोरा किरण राउत, सोही ठाउँकी तीन महिनाकी शिशु सिसन तामाङ, शैलुङ –५ का रितेश खड्का र शैलुङ–७ की कविता राउतको घटनास्थलमा मृत्यु भएको छ ।

त्यस्तै बनेपास्थित सिर मेमोरियल अस्पतालमा र  धुलिखेल अस्पतालमा शैलुङ गाउँपालिका–५ का १३ १४ बर्षका दिउरान लामा,सोहि ठाँउका ३२ ३३ की निखिल खड्काको मृत्यु भएको छ । यस्तै शैलुङ गाउँपालिका–३ की निमर्ला खड्का, शैलुङ गाउँपालिका–२ की ७० ७१ की उरमाया मोक्तान र काभ्रे रोशी गाउँपालिका बस्ने ३० ३१ बर्षकी सुजिता तामाङको पनि मृत्यु भएको छ ।

यस्तै शैलुङ–४ की ६ वर्षीया बालिका सलिना तामाङ  ५२ वर्षीया चेतकुमारी बस्नेतको मृत्यु भएको थियो भने ३ जनाको सनाखद हुन बाँकी छ ।

घाइतेहरूको नामावली

दुर्घटनामा निशा तामाङ, एकरानी कार्की, छत्रकुमारी थापा, सुनिल थापा जीवन खड्का, समीर श्रेष्ठ, मिनकुमार श्रेष्ठ, सङ्गीता श्रेष्ठ, जेनिशा श्रेष्ठ, सदीक्षा कार्की, सुरेश तामाङ, सहनशीला घिसिङ र कौशिला कार्की रहेको प्रहरीले जनाएको छ ।

प्रविन आलेमगर, बबिता श्रेष्ठ, कोपिला कार्की, हरिमाया थापा, सीमा कार्की, युनिसा खड्का, मनिका खड्का, कमला मोक्तान, डोल्मा तमाङ, श्रीकृष्ण कार्की, शिशिर तामाङ र सुनिता तमाङ घाइते भएका छन् ।

त्यसैगरी शसीता तामाङ, युनिसा तामाङ, रश्मी बस्नेत, सविता थापा, निरक श्रेष्ठ, रविन मोक्तान, निकेश श्रेष्ठ, रञ्जना केसी, सरिता तमाङ, जीतबहादुर खड्का र लोकबहादुर थापा, रोमन तिमल्सिना, विमला तामाङ, दीपा घिसिङ, रोमा घिसिङ, सुजन तामाङ, गोमा श्रेष्ठ र सुकमान विक रहेका छन् । घाइते ४७ जनामध्ये ४७ तीन जनाको नाम खुल्न सकेको छैन ।

 गम्भीर दुईजनालाई काठमाडा रिैंफर गरिएको धुलिखेल अस्पतालले जनाएको छ । 

चालकको लापरबाहीले दुर्घटना

बस दुर्घटनाको कारण चालकको लापरबाही भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

कालोपत्रे सडक भए पनि घुम्ती र साँघुरो स्थानमा पनि तीब्र गतिमा सवारी चलाएका कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोकको प्रारम्भिक निष्कर्ष छ ।

ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक राजेशकुमार दाहालले चालकले संयमित भएर सवारी चलाएको नदेखिएको बताए । दुर्घटनाका घाइतेको बयानले दुर्घटनामा परेको बसमा यात्रिन्क समस्या पनि हुनसक्ने जनाएको उनले बताए ।

दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो ।

स्काभेटरले नदीबाट बस निकालेपछि घाइतेको उद्धार गरिएको थियो । उद्धारका लागि रिसोर्टका र्‍याफ्टिङ बोट पनि प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए । उद्धारका लागि स्थानीय, र्‍याफ्टिङ गाइड, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना खटिएका थिए ।

यो पनि

सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना, ६ जनाको मृत्यु (भिडियोसहित)

सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना, मृतकको संख्या १० पुग्यो (भिडियोसहित)

सुकुटेमा बस दुर्घटना: मृतकको संख्या १५ पुग्यो,४७ जनाको धुलिखेल अस्पतालमा उपचार हुँदै

प्रकाशित मिति: : 2019-11-03 22:16:28

प्रतिकृया दिनुहोस्