सुकुटेमा बस दुर्घटना: मृतकको संख्या १५ पुग्यो,४७ जनाको धुलिखेल अस्पतालमा उपचार हुँदै

तस्बिर:बिएल

दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ।

आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्वरको यात्रुबाहक बस सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी गाउँपालिकाको ९ सुकुटेको सडकबाट सुनकोशी नदिमा खस्दा दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएका ५० मध्ये ४७ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

यो पनि

सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना, ६ जनाको मृत्यु (भिडियोसहित)

सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना, मृतकको संख्या १० पुग्यो (भिडियोसहित)

यस्तै ५२ वर्षीय चेतकुमारी बस्नेतको भने उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको ठेगाना खुल्न सकेको छैन ।

यसैगरी दुई जनालाई बनेपास्थित सिर मेमोरियल अस्पतालमा रिफर गरिएको छ ।

आइतबार दिउँसो भएको सो बस दुर्घटनामा अरु १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकको सनाखत भइसकेको छैन ।

बसमा ६० बढी यात्रु सवार रहेको अनुमान गरिएको छ । बस सडकबाट १०० मिटर तल सुनकोसी नदीमा खसेर दुर्घटना भएको हो ।

 

 

प्रकाशित मिति: : 2019-11-03 17:14:05

प्रतिकृया दिनुहोस्