मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि समाजवादी पार्टीले उपनिर्वाचनका लागि प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उम्मेदवार टुंगो लगाएको छ ।
पार्टीको आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिले उम्मेदवारहरूको टुंगो लगाएको हो ।
अध्यक्ष डा. बाबुराम भट्टराईका अनुसार कास्की–२ मा धर्मराज गुरुङलाई उम्मेदवार बनाउन लागेको हो।कास्की २ मा नेकपाबाट विद्या भट्टराई, साझा पार्टीबाट रजनी केसी फाइनल भई सकेका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसको भने उमेदवार टुंगो लगाउँन बाँकी नै छ ।
प्रदेशबाट सिफारिस भएका ३ जना किरण थापा, रामबहादुर नेपाली र धर्मराज गुरुङमध्ये धर्मराजलाई समाजवादीले फाइनल गरेको हो ।
यस्तै, बाग्लुङ २ (ख)मा अशोककुमार बिक र दाङ ३ (ख) मा डिल्लीबहादुर डाँगीलाई उम्मेदवार बनाउने भएको छ ।
भक्तपुर (ख) बाट भने को उठ्ने अझै टुंगो लागिसकेको छैन् ।