महराविरुद्व आजदेखि थुनछेक बहस : छुट्लान त ?

फाइल तस्बिर:बिएल

यौन दुव्र्यवहारको अभियोगमा गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा सात घण्टा बयान दिएका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध आइतबार थुनछेक बहस हुँदैछ ।महरामाथि जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको मुद्दा शुक्रबार बयान मै टुङगिएपछि आज थुनछेक बहस हुन लागेको हो ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा शुक्रवार दिन भर महराको बयान भएको थियो।

आइतबारको बहसमा वादी नेपाल सरकार पक्ष भएकाले पीडितका तर्फबाट सरकारी वकिलले र प्रतिवादीका तर्फबाट निजी कानुन व्यवसायीले आ–आफ्नो पक्षमा बहस गर्नेछन् । त्यही बहस, प्रमाण लगायतका आधारमा इजलासले थुनछेकको फैसला लिनेछ।

जिल्ला सरकारी वकिल कार्यालयले तिहार बिदा परेकाले प्रतिवेदन अनुसार अभियोगपत्र तयार गरि बिहिवार अदालतमा पेस गरेको थियो ।

महरामाथि प्रहरीको राय अनुसार जबरजस्ती करणी उद्योगमा अभियोगपत्र पेस गरिएको छ। यस्तै, सार्वजनिक पद धारण गरेको व्यक्तिबाट कसुर भएकाले मुलुकी दण्ड सजाय ऐन अनुसार थप डेढी सजाय माग हुनेछ।

प्रकाशित मिति: : 2019-11-03 08:53:23

प्रतिकृया दिनुहोस्