म्युजिकल.ली किन्ने चिनियाँ टिकटक कम्पनीबारे अमेरिकाले थाल्यो छानबिन

तस्बिरः एजेन्सी

भिडियो सेयर गर्न प्रयोग हुने एप टिकटक किन्ने म्युजिकल.ली कम्पनीमाथि अमेरिकाले छानबिन गर्ने भएको छ ।

दुई वर्षअघि बाईटड्यान्स नामक उक्त इन्टरनेट कम्पनीले एक अर्ब डलर तिरेर त्यति बेलाको लोकप्रिय एप किनेको थियो।

नाम उल्लेख नगरिएका स्रोतहरूलाई उद्धृत गर्दै कम्पनी खरिदबिक्री हेर्ने अमेरिकी निकायबाट स्वीकृति नलिइएको हुनाले छानबिन भइरहेको रोएटर्सले जनाएको छ।

बाईटड्यान्सले उक्त एप प्राप्तिका लागि सम्झौता गर्दा कुनै परीक्षण नभएकाले सीएफआईयूएसले यो विषयबारे अनुसन्धान गर्ने उक्त संचार माध्यमले जनाएको छ ।

बाईटड्यान्सले म्युजिकल.ली किन्दा प्राप्त गरेको सम्पत्ति के हुन्छ भन्ने विषयमा सीएफआईयूएसको चासो रहेको रोएटर्सले जनाएको छ।बिक्री हुनुअघि उक्त एप प्रत्येक महिना छ करोड प्रयोगकर्ताले सक्रिय रूपमा चलाउने गरेको उसको दाबी थियो।

टिकटकले राजनीतिक सन्देशहरूलाई सेन्सर गर्ने गरेको र प्रयोगकर्तासँग सम्बन्धित डेटा उपयुक्त ढङ्गले नराखेको आरोप लागेपछि अमेरिकी नेताहरूले अनुसन्धान हुनुपर्ने माग राखेका थिए।

टिकटकका सामग्रीमा चीन सरकारले हस्तक्षेप गर्ने गरेको आरोपको उक्त कम्पनीले खण्डन गरेको छ। चीनको चासो हुँदैमा आफूले कुनै पनि सामग्री नमेट्ने दाबी उसको छ।

टिकटक अमेरिकी किशोरकिशोरीहरूमा लोकप्रिय छ। अमेरिकी प्रयोगकर्तामध्ये झन्डै ६० प्रतिशत व्यक्ति १६ देखि २४ वर्षका छन्।

प्रकाशित मिति: : 2019-11-02 15:59:33

प्रतिकृया दिनुहोस्