गुल्मीमा बेवारिसे अबस्थामा ३ वटा शव फेला

बिएल

गुल्मीमाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानमा बेवारिसे अबस्थामा ३ वटा शव फेला परेका छन् ।

शनिवार बिहान अन्दाजी २७ वर्षीया महिला र करिव ७/८ वर्षका बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अबस्थामा महिलाको शव भेटिएको र नजिकै बालकको शव भटिएको एसपी खड्काले बताए ।

मृतकको पहिचान खुल्न सकेको छैन । शवलाई पोष्टमार्टमका लागि सदरमुकाम पठाउन लागिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-02 14:49:21

प्रतिकृया दिनुहोस्