धुलिखेलमा टिपर दुर्घटना, चालकको मृत्यु

प्रतिकात्मक तस्बिर

काभ्रेको धुलिखेल नगरपालिका–११ बिपी राजमार्ग खण्डको पात्लेखेतमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

शनिबार बिहान नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९४८५ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।

उनका अनुसार मृतक चालक सिन्धुलीका २४ वर्षीय गणेशबहादुर कार्की रहेका छन् ।

टिपर सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो। बालुवा लिएर आएको टिपर आफैँ अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने जनाइएको छ।

प्रकाशित मिति: : 2019-11-02 12:03:42

प्रतिकृया दिनुहोस्