बाँके कारागारको भित्री गेटमा कैदीबन्दीले लगाएको तालाबन्दी शुक्रबार साझ खोलिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओली, मानवअधिकारकर्मी र पत्रकारको उपस्थितिमा भएको तीन बुँदे सहमतिपछि कैदीबन्दीले गेटमा लगाएको ताला खोलेका हुन् ।
छलफलमा सहभागी मानवअधिकारकर्मी वसन्त गौतमका अनुसार, जेलर भरतराज पाण्डेको सरुवा, चौकीदार भरत फडेरालाई पदमुक्त र कैदीबन्दीले उठाएका अनियमिता सम्बन्धी विषयको छानबीन गर्ने सहमति भएको छ ।
कारागारका कैदीबन्दीले कारागारका जेलर, चौकीदार र नाइकेले आफूहरुलाई आर्थिक तथा शारीरिक शोषण गरेको भन्दै बिहीबारदेखि भित्री गेटमा तालाबन्दी गरी आन्दोलन गरेका थिए ।