काठमाडौंमा जन्मिएर हिन्दु संस्कृति तथा परम्परामा हुर्किएकी म निकै जिज्ञासु थिएँ। अझै पनि छु। आमाले मेरा हरेक प्रश्नको जवाफ दिँदा ‘किन’ भन्ने प्रश्नमा विशेष जोड दिनुहुन्थ्यो।शायद त्यही कारणले होला- आज बीस वर्षकी भैसक्दा म हरेक कुरालाई ‘किन’ भन्ने प्रश्न गरी त्यसको जवाफ खोज्न तत्पर हुन्छु।
सामाजिक रीति तथा परम्पराको पालना गर्न बाल्यकालदेखि नै मैले तालिम पाएकी थिएँ। यिनै रीति तथा परम्परामा खेल्दै रमाउने प्रक्रियामा मेरो बाल मनस्थितिले हाम्रो परिवारको एउटा अनौठो चलनलाई नियालेर हेरिरहेको थियो। आमा महिनाको केही दिन खाटमा सुत्नु हुन्नथियो, पूजा गर्नु हुन्नथियो र भान्साकोठा छिर्नु हुन्नथियो। सानो छँदा, किन हुँदैन आमा भनेर प्रश्न सोध्दा उहाँ भन्नुहुन्थ्यो-