कप्तान मल्ललाई प्रधानमन्त्री ओलीकाे बधाई

फाइल तस्बिर:बिएल

नेपाली क्रिकेट टिमका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिनु भएको छ ।

ओलीले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत मल्ललाई बधाई दिएका हुन् । झण्डै १० वर्ष कप्तानको भूमिकाबाट पारस खड्काले राजीनामा दिएपछि मल्लले कप्तानको जिम्मेवारी पाएका हुन् ।

 

यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न दलका नेताहरुले कप्तान मल्ललाई बधाई दिएका थिए ।

 

प्रकाशित मिति: : 2019-11-01 16:46:21

प्रतिकृया दिनुहोस्