फेरि उकालो लाग्न थाल्यो सुन

फाइल तस्बिर:बिएल

सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले वृद्धि भएको छ ।

यस्तै छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

बिहीबार छापावाला सुन रु ७० हजार ५०० मा खरीद बिक्री भएको थियो ।

त्यसैगरी तेजाबी सुनको मूल्य पनि रु ७०० ले वृद्धि भएर प्रतितोला रु ७० हजार ९०० कायम भएको छ ।
शुक्रबार तेजाबी सुन प्रतितोला रु ७० हजार २०० मा कारोवार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि रु १० ले वृद्धि भएर प्रतितोला रु ८७० पुगेको छ ।

प्रकाशित मिति: : 2019-11-01 16:13:05

प्रतिकृया दिनुहोस्