प्रदेश २ ले छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक विदा दिएको छ ।
यस पटकको छठ पर्व शनिबार र आइतबार परेको छ । शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ । यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै विदा दिँदै आएको थियो ।
२०७४ सालको छठ पर्वमा शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो पटक छठ पर्वमा दुई दिन विदा दिएको थियो ।
शनिबार स्वतः विदा हुने भएपनि छठ पर्वको अवसर पारेर शनिबार र आइतबार समेत प्रदेश सरकारले विदा दिएको छ । यो दिन शनिबारै भएपनि संघीय सरकारले समेत विदा दिएको सूची बनाएको छ ।
प्रदेश २ सरकारले संघीय सरकारले दिएको विदाभन्दा नौ दिन बढी विदा दिने गरी आफ्नो वार्षिक क्यालेन्डर बनाएको छ । संघीय सरकारले २०७६ सालमा १५ दिन विदा दिने सूची बनाएको छ भने प्रदेश २ सरकारले ११ दिने विदाको सूची बनाएको छ ।