उमाकुण्ड गाउँपालिकाको गुम्देलमा स्वास्थ्य चौकीको भवन निर्माण पूरा भएको छ ।
भूकम्पले भत्काएको उक्त भवन गाउँपालिकका उपाध्यक्ष उर्मिला कार्की बस्नेतको पहल तथा अस्ट्रिया निवासी बुद्धि माया शेर्पा र नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि शिव श्रेष्ठको अर्थिक तथा प्रविधिक सहयोगमा निर्माण पूरा भएको हो ।
करिब ५५ लाख लागतमा बनेको सुविधायुक्त भवन एक कार्यक्रमकाबीच बुधबार गाउँपालिका उपप्रमुख बस्नेतलाई हस्तान्तरण गरिएको छ ।
विदेशीहरुको यो समूहले यसअघि गुम्देलमै विद्यालय भवनसमेत निर्माण गरेको थियो ।