इटालियन सिरी 'ए': एसी मिलानको साँघुरो जित

तस्बिरः एजेन्सी

इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानले साँघुरो जित निकालेको छ ।

बिहिबार राति भएको खेलमा मिलानले एसपीएललाई १–० गोल अन्तरले पराजित गरेको हो ।

मिलानको जितमा एक मात्रै गोल सुसोले गरेका थए ।

घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर खेलको ६३ औं मिनेटमा सुसोले निर्णायक गोल गरे ।

जितसँगै मिलानले १० खेलमा १३ अंक जोडेको छ । मिलान लिगको दशौँ स्थानमा उक्लिएको छ ।

एसपीएल १० खेलमा ७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ l

प्रकाशित मिति: : 2019-11-01 07:10:56

प्रतिकृया दिनुहोस्