'अमेरिकाज गट ट्याइलेन्ट'मा नेपालका पार्कर खेलाडी सुनारले भाग लिदैं

फाइल तस्बिर:बिएल

नेपालबाट पहिलो पटक चर्चित टेलिभिजन कार्यक्रम 'अमेरिकाज गट ट्याइलेन्ट'मा नेपालका पार्कर खेलाडी दिनेश सुनारले सहभागिता जनाउने भएका छन् ।

बिहिबार काठमाडौंमा एक कार्यक्रममको आयोजना गरी आगामी नोबेम्बर २३ तारिकबाट सुरु हुने उक्त प्रतियोगितामा सुनारले सहभागिता जनाउन लागेको जानकारी दिइएको हो ।

उक्त कार्यक्रममा बोल्दै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वातावरण बनाइदिने हो भने दिनेश जस्ता प्रतिभाहरु ग्रामीण क्षेत्रमा हजारौ संख्यामा रहेकोले उनीहरुले आफ्नो प्रतिभा प्रमाणित गर्ने बताए ।

उनले खेलकुद जस्ता क्षेत्रहरु राष्ट्रको पहिचानको क्षेत्र भएको भन्दै सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

कार्यक्रम नेकपाकाखेलकुद विभाग इन्चार्ज टोप बहादुर रायमाझीले खेलकुद राष्ट्र र स्वास्थ्य दुवैको लागि महत्वपूर्ण रहेको भन्दै खेल क्षेत्रको विकासमा राज्यले विस्तारै लगानी बढाउदै गएको उल्लेख गरे ।

कार्यक्रममा पार्कर खेलाडी दिनेश सुनारलाई नेपाली झण्डा ओढाएर बिदाई समेत गरिएको छ ।

प्रकाशित मिति: : 2019-10-31 18:17:45

प्रतिकृया दिनुहोस्