म्याक्सवेल मानसिक रुपमा अस्वास्थ्य, लिए क्रिकेटबाट 'ब्रेक'

Photo Credit : Reuters

अस्ट्रेलिया टिमका अलराउण्डर ग्लेन म्याक्सवेलले क्रिकेटबाट ब्रेक लिने घोषणा गरेका छन् ।

उनले मानसिक स्वास्थ्यका कारण क्रिकेटबाट केही समय बिदा लिन लागेको बताएका छन् ।

अस्ट्रेलियन टिमका साइकोलोजिस्ट डाक्टर माइकल लोयडका अनुसार मानसिक स्वास्थ्यमा केही समस्या देखिएपछि म्याक्सवेलले क्रिकेटबाट केही समय ब्रेक लिने निर्णय गरेका हुन् ।

हाल श्रीलंकाविरुद्ध सिरिज खेलिरहेको अस्ट्रेलियाले शुक्रबार तेस्रो टी–२० खेल्दै छ ।अस्ट्रेलियाकाअनुसार श्रीलंक विरुद्धको बाँकी खेल पनि उनले नखेल्ने बोर्डलाई जानकारी दिएका छन् ।

पहिलो र दोस्रो टी २० मा म्याक्सवेलकै उत्कृष्ट प्रदर्शनका कारण अस्ट्रेलिया विजयी भएको थियो ।

म्याक्सवेलको ठाउँमा अस्ट्रेलियन टिमले डी आर्सी शटलाई बोलाएको छ ।

प्रकाशित मिति: : 2019-10-31 14:23:23

प्रतिकृया दिनुहोस्