हिन्दू र मुस्लिम समूदायबीचको झडपले तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णपुरमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ ।
झडपलाई नियन्त्रणमा लिन गोली चलाउँदा हिन्दू समुदायका सुरजकुमार पाण्डेको मृत्यु भएको स्थानीयले जनाएका छन् ।
बुधबार साँझदेखि सुरु भएको विवादले बिहीबार विहान ठूलो रुपम लिएपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरीका अनुसार, स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा ६ जना स्थानीय घाइते भएका छन् । त्यो क्षेत्रमा अहिले सुरक्षा व्यवस्थामा कडा पारिएको छ ।
लक्ष्मी पूजा गरिसकेपछि हिन्दू समुदायका व्यक्तिहरुले कृष्णनगरको झन्डीनगरस्थित नदीमा मूर्ति विसर्जन गर्न लगेका थिए । तर, मुस्लिम समुदायका युवाहरुले मूर्ति विसर्जनमा अवरोध गरेपछि तनाव उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
कपिलवस्तुका प्रहरी प्रमुख (एसपी) दीपशम्शेर राणाले स्थिति नियन्त्रणमा ल्याउन बिहान ११ बजेदेखि कर्फ्यु आदेश जारी भएको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर तथा दक्षिण तर्फ पनि ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रभित्र लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो ।
विवादलाई नियन्त्रणमा लिन खोज्दा उनीहरु प्रहरीमाथि नै जाइलागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको दावी छ ।
यो पनि
कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु