प्रधानमन्त्री ओलीको दोस्रो पटक डायलाइसिस गर्ने तयारी

फाइल तस्बिर:बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक डायलाइसिस गर्ने तयारी गरिएको छ ।

बुधवार (हिजो) ग्राण्डी अस्पताल भर्ना गरिएका प्रधानमन्त्री ओलीको आज पुन डायलाइसिस गर्ने तयारी गरिएको हो ।पहिलोपटक गरिएको डायलाइसिस गरिएपनि त्यसबाट सुधार नभएपछि आज पुन डायलाइसिस गर्न लागिएको अस्पताल श्रोतको भनाइ छ ।

श्रोतका अनुसार प्रधानमन्त्रीको रगतमा क्रियाटिनको मात्रा बढी देखिएको छ र डायलाइसिसबाट पनि सुधार आएको छैन ।यदि डाइलाइसिस गर्दा पनि मिर्गौलामा पुनः समस्या देखिए मिर्गौला प्रत्यारोपणको तयारी गरिएको अस्पताल स्रोतले बताएको छ ।

प्रधानमन्त्रीको शरीर केही फुलेको र सामान्य ज्वरो पनि आइरहेको छ ।हिजो अस्पताल पुगेसँगै ओलीलाई आइसीयूमा राखिएको थियो ।

बुधबार नै अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नेफ्रोलोजी अध्यक्ष एवं प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले जारी गरेको प्रेस नोटमा प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको र आजै राति वा भोलिसम्म डिस्चार्ज हुने उल्लेख गरिएको थियो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन अस्पताल प्रशासन र चिकित्सकहरुलाई समेत रोक लगाइएको छ ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनी ५ भदौमा फेरि सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गरियो ।

२० भदौमा स्वदेश फर्किएका उनी पाँच दिनपछि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्लाज्माफेरेसिस गर्दा मुटुमा राखिएको क्याथेटर निकालियो ।

२ कात्तिकमा फेरि अस्पताल पुगे । ग्राण्डी अस्पतालमा दिनभर बसेर फर्किएका थिए तर निजी चिकित्सक डा. सिंहले नियमित स्वास्थ्य जाँच मात्र भएको बताएकी थिइन् ।

बुधबार पनि उनी नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेको र छिट्टै फर्किने बताइएको थियो । तर आकस्किम रुपमा डायलासिस गरिएको छ ।

यो पनि

प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस गरियो, केहीदिन अस्पतालमै रहने

प्रकाशित मिति: : 2019-10-31 12:15:23

प्रतिकृया दिनुहोस्